अनुप जोशीको कविता : खुट्टाहरु
-अनुप जोशी
खुट्टाहरु गतिशील हुन्छन्
पाईतालाहरुले नयाँ नयाँ
छाप बनाईरहेकै हुन्छन्
खुट्टाहरु-
जो नांगो छन्
खुट्टाहरु-
जो चप्पलमा टेकिएका छन्
खुट्टाहरु-
जो जुत्ताभित्र विराजमान
छन्
चप्पल पनि फरक फरक
योग्यताका
जुत्ता पनि फरक फरक
मूल्यका
के सबैले बनाउने छाप
उस्तै हुन्छ ?
के सबैलाई काँडाले गर्ने
व्यवहार उस्तै हुन्छ ?
मलाई जान्न मन लाग्यो !
कसको पैतालाको डोब यस
धर्तीमा
सबैभन्दा लामो समयसम्म
बाँचिरहन्छ ?
Leave a Comment