गजल -- सन्तोष निरा

-सन्तोष निरा

बुझ्थ्यौ भोक पटुकीले आधा पेटै कस्नु परे
थाहा पाउँथ्यो श्रम हातगोडा धस्नु परे

बस्यौ बङ्गलामा शोषण अनि दमन गरी
बुझ्थ्यौ सुख दुःख के हो सडकमा खस्नु परे

भए सङ्गत उस्तै धन दौलतसँग सधैँ
चिन्थ्यौ गरीब गिठा खोज्न वन पस्नु परे

रम्छौ भत्काउँदै दीनका छाप्रो यत्रतत्र
बुझ्थ्यौ अर्थ घरको साहुकोमा बस्नु परे 

बुन्दै तानाबाना फसाउँछौ कतिलाई
भोग्थ्यौ पीडा षड्यन्त्र जालमा फस्नु परे ।

No comments

Powered by Blogger.