चितामा जन्मिएर चितामै मरेको मान्छे हुँ म
-राजु झल्लु प्रसाद
यौवनको सम्पूर्ण
लालपुर्जा र तमसुकहरु
मेरी प्रेयसीलाई
बिनासर्त बुझाएर,
कहिले मसानघाट
त कहिले यमलोकमा
झुल्लिदै गरेको मान्छे हुँ म !
सपनाको पोखरीमा रमाउँदै,
क्षितिजलाई भेट्न
खुट्टा लम्काउँदै गर्दा,
आफ्नै प्रेयसीद्वारा
आफ्नै खुट्टामा मार खाएर
बैशाखी उपहार
पाएर रमाएको मान्छे हुँ म !
कलिलो मुटु
कसैको ढुङ्गे मनसँग
बलात्कृत गराई
च्यापिएर, निस्सासिएर,
रगतको भल बगाउदै,
मदरिका होलि खेली
रमाएको मान्छे हुँ म !
सिन्दुर, पोते र चुरी लगाई
मेरी प्रेयसी अन्मिदा
उसकै पछिपछि रमाउँदै,
हरियो बाँसमा चढेर
शंख धुनमा रम्दै,
पिताम्बर ओढेर
उसकै जन्त गएको मान्छे हुँ म !
अझै पनि के देख्यौ र
ममा तिमीले ?
एउटा जिउँदो मुर्दाभित्र,
अनि प्रेमको प्रस्ताव राख्छौ लुरी मसँग ?
आकाशमा उदाएर
आकाशमै अस्ताएको मान्छे हुँ म !
चितामा जन्मिएर
चितामै मरेको मान्छे हुँ म !!
यौवनको सम्पूर्ण
लालपुर्जा र तमसुकहरु
मेरी प्रेयसीलाई
बिनासर्त बुझाएर,
कहिले मसानघाट
त कहिले यमलोकमा
झुल्लिदै गरेको मान्छे हुँ म !
सपनाको पोखरीमा रमाउँदै,
क्षितिजलाई भेट्न
खुट्टा लम्काउँदै गर्दा,
आफ्नै प्रेयसीद्वारा
आफ्नै खुट्टामा मार खाएर
बैशाखी उपहार
पाएर रमाएको मान्छे हुँ म !
कलिलो मुटु
कसैको ढुङ्गे मनसँग
बलात्कृत गराई
च्यापिएर, निस्सासिएर,
रगतको भल बगाउदै,
मदरिका होलि खेली
रमाएको मान्छे हुँ म !
सिन्दुर, पोते र चुरी लगाई
मेरी प्रेयसी अन्मिदा
उसकै पछिपछि रमाउँदै,
हरियो बाँसमा चढेर
शंख धुनमा रम्दै,
पिताम्बर ओढेर
उसकै जन्त गएको मान्छे हुँ म !
अझै पनि के देख्यौ र
ममा तिमीले ?
एउटा जिउँदो मुर्दाभित्र,
अनि प्रेमको प्रस्ताव राख्छौ लुरी मसँग ?
आकाशमा उदाएर
आकाशमै अस्ताएको मान्छे हुँ म !
चितामा जन्मिएर
चितामै मरेको मान्छे हुँ म !!

Leave a Comment