उदास अनन्तको गजल

-उदास अनन्त



यसकारणले चाहेको चीज नै पाउन सकिएन!
चाहेको चैं के हो खासमा छुट्ट्याउन सकिएन!

म दुखीरहें दुखी नै रहें तिमी मुस्कुराई नै रह्यौ 
तिमी दुख्छ्यौ जस्तो लाग्यो मुस्काउन सकिएन!

आँखाबाट सपना उँडिरहे,अनि आँसुहरु गिरिरहे 
एक विफलता तिमीलाई भने गिराउन सकिएन!

संसारमा हरकहीँ दु:ख छ स्वीकारी हिँड्नु पर्छ 
सबैलाई सम्झाईयो आफैंलाई सम्झाउन सकिएन!

उनी रोएको कल्पना पनि गर्न सकिएन त्यसैले हो
केही चोटहरु आमालाई समेत सुनाउन सकिएन!

No comments

Powered by Blogger.