वसन्तको बहार रोज्नुपर्छ (कविता)
-दीपक सापकोटा
कसैले गुदी खाएपछिको
निरीह बोक्रो हुँ म
बच्चा वयस्क भएपछिको
विचरा कोक्रो हुँ म
नबन बत्तीको पुतली
ताल बिर्सेर फालेपछिको
मादलको खोक्रो हुँ म
कसैले फूल टिपेपछिको
कुरूप बोट हुँ म
आधा नम्बर च्यातिएपछिको
बेकम्मा नोट हुँ म
नबन बेमौसमको बाजा
रस श्रृङ्गारबाट एक्लिएपछिकी
विधविको कोठामा झुन्ड्याइएको कोट हुँ म
कसैले चीर हरेपछिको
द्रौपदीको अबोध सारी हुँ म
माघको न्यानो घामपछिको
विरानो छहारी हुँ म
नखोज हड्डी भित्र कवाफ
डोको बिसाइसकेपछिको
भरियाको गह्रौं भारी हुँ म
त्यसैले, अब बाटो अर्कै खोज्नुपर्छ
शरदको सिरेटो होइन वसन्तको बहार रोज्नुपर्छ
निरीह बोक्रो हुँ म
बच्चा वयस्क भएपछिको
विचरा कोक्रो हुँ म
नबन बत्तीको पुतली
ताल बिर्सेर फालेपछिको
मादलको खोक्रो हुँ म
कसैले फूल टिपेपछिको
कुरूप बोट हुँ म
आधा नम्बर च्यातिएपछिको
बेकम्मा नोट हुँ म
नबन बेमौसमको बाजा
रस श्रृङ्गारबाट एक्लिएपछिकी
विधविको कोठामा झुन्ड्याइएको कोट हुँ म
कसैले चीर हरेपछिको
द्रौपदीको अबोध सारी हुँ म
माघको न्यानो घामपछिको
विरानो छहारी हुँ म
नखोज हड्डी भित्र कवाफ
डोको बिसाइसकेपछिको
भरियाको गह्रौं भारी हुँ म
त्यसैले, अब बाटो अर्कै खोज्नुपर्छ
शरदको सिरेटो होइन वसन्तको बहार रोज्नुपर्छ

Leave a Comment