उदास अनन्तको गजल
-उदास अनन्त
छैनन् आफूलाई अज्ञानी ठान्ने अन्यौलता छाउँछ
आखिर साँच्चै को हो त जान्ने अन्यौलता छाउँछ!
मैले असाध्यै झुटो बोल्छु है भन्नुहुन्छ उहाँ सधैँ,
यसलाई साँचो या झुटो मान्ने अन्यौलता छाउँछ!
राम्रा हृदय चोट खाएर ढोका थुनेरै बसेका छन्
तपाईँहरुमध्ये कसलाई छान्ने अन्यौलता छाउँछ!
हजुरकै सिसाको घर थियो ढुङ्गाले हान्नुभो मलाई
मैले चैं,आँशु वा फूलले हान्ने? अन्यौलता छाउँछ!
यस तबरले अन्यायमा पारिरहनुभा'को छ मनलाई
नजिकिए घचेट्ने,टाढिए तान्ने अन्यौलता छाउँछ!

Leave a Comment