तिम्रो मायाको एक पित्को वीर्य (कविता)

-राजु झल्लु प्रसाद


तिम्रा त्यी पुराना यादहरु
तिम्रै बहुलठ्ठिपनको लुगाहरु,
मेरो अगाडि छरपस्ट मिल्काउँदै,
प्रेमको भोको भुँडी मस्काउन,
कामुक त्यी स्तनहरु जोडजोडले हल्लाउँदै,
आफ्नो यौनप्यासको तमसा देखाएर,
मदहोस त्यी ओठहरु टोक्दै
मेरो सपनामा आई,
मलाई हररात स्खलित बनाइरहेछन् !

अनि म जन्माइरहेछु
तिम्रै नाम दिएर तिम्रो लागि केही कविता !
थाहा छ तिमीलाई ?
-मेरो मनभित्रको हुन्डरी - तिम्रो याद बोकेर मडारिएका छन् !
-म बाँचेको धरातलको भूमध्यरेखा- तिम्रो अघोषित माया लिएर लम्पसारिएको छ !
-म बाच्नुको औपचारिकता - तिम्रो अनपौचारिक आगमन कुरेर सुतिरहेको छ !
- निभ्न खोजिरहेको मेरो धड्कन - तिम्रो अनपेक्षित स्पर्शको धिब्री सल्काएर बसिरहेको छ !
थाहा छ तिमीलाई ?
-तिमी र मैले कुनै समय थकाइ मारेको चौतारो- तिमीलाई खोज्न मेरो यात्राको लौरो बनेर निस्किएको छ !
-तिम्ले मलाई अँगाल्दा अँगालिएको मेरो धर्के सर्ट- तिम्रो प्रतीक्षामा ह्याङ्गरमा झुन्डिरहेको छ !
-मेरो ल्यापटपको थोत्रो किबोर्ड- तिम्रो लागि प्रेमपत्र कोरेर बसिरहेको छ !
-आन्टिको बेकरी पसलको बेन्च - तिम्रो स्पर्शमा लुटपुटिने माग राखिरहेको छ !

सायद थाहा छैन तिमीलाई -
निर्जन बगर बनेको मेरो जिन्दगी- तिम्रो पुनार्गमनले सिंचित हुने कुरा !
- तिम्रो हृदयमा चिहान् चित्ता तयार पारेर मात्रै - म जीवित हुने कुरा !
जीवनलाई सिलिङमा झुन्डाएर,
मृत्युलाई बिस्तारामै मारी,
म,
तिम्रो काखमा
सुखको मह पोतोर आँसुको दह फुटा
उँदै,
मेरो जीवनलाई
तिम्रो थुम्थुमाइको अलङ्कार ओढाई
तिम्रो सामीप्यताको अत्तर छर्दै,
तिमीभित्रै समाहित हुन चाहान्छु !
आउ आज फेरि, तिमी मेरो सपनामा
अनि खसालिदेऊ
तिम्रो मायाको एक पित्को वीर्य - मेरो मगजमा !
म मेरो कलमलाई गर्भिणी बनाई
तिम्रै नामको २/४ कविता अझै जन्माउनेछु !!

No comments

Powered by Blogger.