ए पुरुष ! तिमी साँच्चै पुरुष हौ नि ?
-राजु झल्लु प्रसाद
मैले जित्दा पनि
मेरो हुन नसक्ने यो युग,
तिम्ले हार्दा पनि तिम्रै हुने गर्छ !
तिमी रामलाई तेरो मान्छे भन्छौ
म रावणलाई मेरो मान्छे भन्छु !
म नाङ्गिए, नामुद बेश्या बन्छु !
तिमी नाङ्गिए बहादुर योद्धा बन्छौ !
तिमी,
मेरो साथ नभए यो समाजमा,
म,
बेश्या बन्छु,
रन्डी बन्छु,
बोक्सी बन्छु,
तर तिमी,
तिमी जहिले उहीँ,
तिम्लाई कहिल्यै मलाई जसरी हेरिन्न !
तिम्लाई हेर्ने समजाको ऐना कहिल्यै फेरिन्न !
अझै बरु,
तिम्रै नामको थाक्रोमा
लहरिरहन्छ कहिले लोग्ने त,
कहिले बाउ,
कहिले छोरा त,
कहिले नाति !
न भाचिन्छ त्यो थाक्रो, न लड्छौ नै तिमी !
लाचार म, त्यो थाक्रो लड्ने आशैआशामा तिमीजस्तै तिमी फलाउन निरन्तर लागिरहेछु !
तिम्रा लात र चुल्ठा जगटाइएको कपाल,
तिम्रा लठ्ठी र निला डोबले भरिएको शरीर,
फेरि एकचोटि,
दिनहुँ
तिम्रै लागि तिम्रो ओछ्यान तताउन लाचार बनाउने तिमी !
ए पुरुष ! तिमी साच्चै पुरुष हो नि ?
खै कस्तो प्रेम गर्छौ ए पुरुष तिमी मसँग ?
मलाई त तिम्रो पुरुष शरीरमा शंन्का छ !
तिम्रो मुखको दारीजुंगामा शंन्का छ !
मर्द भएर नामर्द हर्कत मच्चाउने, त्यो तिम्रो मगजमा शंन्का छ ?
तिमी किन फलानोको लोग्ने/छोरा/बाउ भनेर चिनिदैनौ?
जब म फलानेको बुढी/छोरी/आमा भनेर चिनिनु पर्छ ?
तिम्लाइ मेरो कुमारित्व, नारिअधिकार,
सगसगै मेरो चिना लुट्ने हक कसले दियो ?
ए पुरुष भन्देउ त आज ?
के साच्चै तिमी एक पुरुष नै हो नि ??
भो छाड, म तिम्रो जवाफ सुन्दिन !
बरु मेरो जवाफ सुन यता !
आउ,
ए पुरुष आउ !
मलाई लङ्गडो बनाउने यो तिम्रो समाजलाई,
म,
नारीवादको भाचिएको बैशाखी उपहार दिन चाहान्छु,
आउ ,
ए पुरुष आउ !
तिमी रगतको नातालाई डोरी बनाएर
मलाई सधै विवशताको हाँगोमा कति झुन्डाउछौ ?
तिमी मेरा स्वतन्त्रताहरुलाई तिम्रै मुठ्ठीमा कत्ती कैद गरेर राख्छौ ?
यदि तिम्रो र मेरो नाता,
मात्रै मात्रै सम्भोगको हो भने
मनको हुँदै होइन भने,
विश्वास/भरोसा/ र साथको हुँदै हैन भने,
आउ,
म मेरो गर्भमा तिम्रै रगतको एउटा शिशु राखिदिन्छु !
र जन्माइदिन्छु,
तिमि जस्त, एउटा सानो तिम्रै अवतारी पुरुष !
यो समाज तिम्रो हो,
यो युग तिम्रो हो,
मच्चाउ तिमी तिम्रो साम्राज्यमा
तिम्रो पुरुषत्वको,
एक नामर्द आतंकवाद !!

Leave a Comment