चेतराज जोशीको गजल
-चेतराज जोशी
बिउँझे हतार हतारमा ,नसा उत्रिएपछि ।
रैछु खोला किनारमा ,नसा उत्रिएपछि।।
बल्ल थाहा भयो, पिएको हिजो राती,
बोत्तल देखे'सी झारमा ,नसा उत्रिएपछि।।
सोचें कत्रो गल्ती गरिएछ मदिरा पिएर,
लाग्यो पिएछु बेकारमा, नसा उत्रिएपछि।।
एक छिन प्रण गरे अब पिउँदिन भनेर,
हात राखेर निधारमा ,नसा उत्रिएपछि।।
ऐना हेर्दा जागी आयो घृणा स्वम प्रति,
थुकें आफ्नै अनुहारमा ,नसा उत्रिएपछि।।
बिउँझे हतार हतारमा ,नसा उत्रिएपछि ।
रैछु खोला किनारमा ,नसा उत्रिएपछि।।
बल्ल थाहा भयो, पिएको हिजो राती,
बोत्तल देखे'सी झारमा ,नसा उत्रिएपछि।।
सोचें कत्रो गल्ती गरिएछ मदिरा पिएर,
लाग्यो पिएछु बेकारमा, नसा उत्रिएपछि।।
एक छिन प्रण गरे अब पिउँदिन भनेर,
हात राखेर निधारमा ,नसा उत्रिएपछि।।
ऐना हेर्दा जागी आयो घृणा स्वम प्रति,
थुकें आफ्नै अनुहारमा ,नसा उत्रिएपछि।।
Leave a Comment