रशिक राजको कविता : प्रश्न


-रशिक राज



मैले कुनै एकलपुरुषको
चिरा परेका ओठमा मुस्कान दलिदिदा।
कसैको भोग सँग आफ्नो भोक साँट्दा।
छोरीको भविष्यका लागि
आफनो वर्तमानझैं कुरुप शुक्रकिटसँग योवन बेच्दा।

म फूलमाया  ! फूलमाया रहीन!!!

*****

ए!! फूल!!!

तिमीले पनि
आफ्नो सुन्दरता साट्यौ
प्रेमीको गुप्ताङ्ग सँग।
हृदयको सुवास बेच्यौ
उच्च ओहदासँग।
नाङ्गियौ सुहागरातका
भव्य खाटहरुमा।

ल भन!!
तिमी कसरी वेश्या भईनौ???

No comments

Powered by Blogger.