मंगलबार त्रिविमा कृष्ण धरावासीसँग लीला लेखनसम्बन्धि अन्तरक्रिया हुने
May, 21, Kathmandu
जेठ ९ गते मंगलबार त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अंग्रेजी विभागमा नेपाली साहित्यकार कृष्ण धरावासीसँग अन्तरक्रिया कार्यक्रम आयोजना हुने भएको छ । राधा उपन्यासका लागि २०६२ सालको मदन पुरस्कार प्राप्त गरेका धरावासीसँग लीलाबोध र लीलालेखनसम्बन्धि अन्तरक्रिया हुन लागेको हो ।
क्रियटिभ लिट्रेररी फोरमको आयोजनामा सम्पन्न हुनलागेको "कृष्ण धरावासी र लीलालेखन : एक अन्तरक्रिया" कार्यक्रममा धरावासी लगायत अंग्रेजी तथा नपाली विभागका प्राध्यापकका साथै लीलालेखनसँग सम्बन्धित विभिन्न वक्ताहरुको उपस्थिति रहनेछ ।
पछिल्लोसमय अमेरिकामा वसोवास गर्दै आएका धरावासी नेपाल फर्केको अवसर पारेर कार्यक्रम तय गरिएको हो । उनको पछिल्लोसमयमा लीलालेखनसँग सम्बन्धित "लीलाबोध" नामक पुस्तक प्रकाशित छ । टुडाल, सरणार्थी, झोला, लीला लेखन, गेष्टापो, आमा , पाण्डुलिपि, आधा बाटो लगायतका उनका दर्जनौं कृति प्रकाशित छन् । झोला कथामा आधारित रहेर सोहि नामको नेपाली कथानक चचित्र समेत बनेको छ ।
कृपया नेपाली साहित्यलाई माया गर्ने सबैजना कार्यक्रममा सहभागी भइदिनुहोला । कार्यक्रम त्रिवि घडीभवनको एमफिल हलमा दुईबजेबाट सुरु हुनेछ ।

झिला फिल्म यहाँ हेर्न सक्नुहुन्छ :
Leave a Comment