त्रिविमा तारालाल श्रेष्ठको पुस्तक "बन्दीपुरदेखि बन्दीपुरसम्म" माथि छलफल हुने

श्रावण १०, काठमाडौं



त्रिभुवन विश्वविद्यालयको अंग्रेजी विभागमा लेखक डा. तारालाल श्रेष्ठको नवीनतम कृति "बन्दीपुरदेखि बन्दीपुरसम्म" माथि अन्तरक्रिया हुने भएको छ । लेखकको उपस्थितिमा हुने उक्त कार्यक्रममा लेखकले पाठकहरुसंग अन्तरंग वार्तालाप गर्नेछन् । कार्यक्रम श्रावण ४ गते बुधबार  दिउँसो २:१५ मा त्रिविको घडीभवनमा सम्पन्न हुनेछ । 

कार्यक्रम क्रियटिभ लिट्रेररी फोरमको आयोजनामा सम्पन्न हुन लागेको हो । लेखक डा. श्रेष्ठ त्रिविमा अंग्रेजीका प्राध्यापक समेत हुन् । पुस्तक नपाली हाइड्रोपावर क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने बलराम प्रधानको जीवनीमा आधरित रहेको छ । अंग्रेजी विभागका प्रमुख अम्मराज जोशीको प्रमुख आतिथ्यमा सम्पन्न हुने उक्त कार्यक्रमलाई समीर दुवाडीले संचालन गर्ने छन् । पुस्तक सम्बन्धि अन्य वक्ताहरुले पनि आफ्नो धारणा राख्नेछन् 

कार्यक्रममा उपस्थित भइ लेखकसँगको वार्तालापमा सहभागी भइदिनुहुन फोरम सबैलाई हार्दिक निमन्त्रणा गर्दछ 

No comments

Powered by Blogger.