त्रिविमा दार्जिलिङका कवि मनप्रसाद सुब्बासँग अन्तरक्रियात्मक कार्यक्रम हुने
श्रावण ३१, काठमाडौँ |
भाद्र १ गते बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अंग्रेजी विभागमा दार्जलिङका नपाली कवि मनप्रसाद सुब्बासँग "के लेखिरहेछ दार्जिलिङ?" विषयमा एक साहित्यिक बहस सम्पन्न हुने भएको छ । क्रियटिभ लिट्रेररी फोरमले आयोजना गर्न लागेको उक्त कार्यक्रममा कविले आफ्ना कविताहरुको वाचन समेत गर्नेछन् ।
बिजनबारी, दार्जिलिङमा सन् १९५२ मा जन्मेका कवि मनप्रसाद सुब्बा किनाराकृत समुदायको पक्षमा कविता लेख्ने कवि हुन । यही हप्ता मात्रै महेश पौड्यालको सम्पादनमा बुकआर्ट नेपालले उनको "मनप्रसाद सुब्बाका प्रतिनिधि कविता" नामक कवितासंग्रह प्रकाशन गरेको छ ।
यसअघि सुब्बाका निम्न कृतिहरु प्रकाशित छन् :

- बिब्ल्याँटो युगभित्र कार्टुन मान्छेहरू / मनप्रसाद सुब्बा (कवितासङ्ग्रह)
- बुख्याँचाहरूको देशमा / मनप्रसाद सुब्बा (कवितासङ्ग्रह)
- उष्मा / मनप्रसाद सुब्बा (कवितासङ्ग्रह)
- आदिम बस्ती / मनप्रसाद सुब्बा (कवितासङ्ग्रह)
- ऋतु क्यानभासमा रेखाहरू / मनप्रसाद सुब्बा (कवितासङ्ग्रह)
- अक्षर–अर्केस्ट्रा / मनप्रसाद सुब्बा (कवितासङ्ग्रह)
- किनाराका आवाजहरू / मनप्रसाद सुब्बा (कवितासङ्ग्रह)
- भुइँफुट्टा शब्दहरू / मनप्रसाद सुब्बा (कवितासङ्ग्रह)
- नेत्तिफुङ्को बास्ना / मनप्रसाद सुब्बा (कवितासङ्ग्रह)
- मनप्रसाद सुब्बाका प्रतिनिधि कविताहरू / मनप्रसाद सुब्बा (कवितासङ्ग्रह)
कवि मनप्रसाद सुब्बाले दियालो पुरस्कार (सन् १९७५), रत्नश्री स्वर्णपदक (२०५०), साहित्य अकादमी पुरस्कार (सन् १९९८) लगायतका पुरस्कारहरु प्राप्त गरिसकेका छन् ।
Leave a Comment